नियम १२८
निरीक्षण दस्तुर
अदालतमा रहेको मिसिल वा लिखतको निरीक्षण गर्न देहाय बमोजिमको दस्तुर लाग्नेछ:-

(क) मुद्दाको पक्ष विपक्ष वा निजको वारिसले दिएको निवेदनपत्रमा पाँच रूपैयाँ,

(ख) मुद्दाको सरोकारवाला पक्ष विपक्षबाहेक अन्य व्यक्तिले दिएको निवेदनपत्रमा दश रूपैयाँ,

(ग) मुद्दाको पक्ष विपक्ष वा निजहरूको वारिसले तत्काल निरीक्षण गर्नको लागि निवेदनपत्र दिएमा दश रूपैयाँ,

(घ) मुद्दाको सरोकारवाला पक्षबाहेक अरूले तत्काल निरीक्षण गर्नको लागि निवेदनपत्र दिएकोमा बीस रूपैयाँ।

तर नेपाल सरकारलाई सरोकार पर्ने मुद्दा मामिलाको मिसिल

निरीक्षणको लागि सरकारी वकिल वा नेपाल सरकारबाट अधिकार प्राप्त कुनै व्यक्तिले दिएको निवेदनमा कुनै दस्तूर लाग्ने छैन।